२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशअबको लडाईँ भ्रष्टाचारीविरुद्ध : शाही

अबको लडाईँ भ्रष्टाचारीविरुद्ध : शाही


जुम्ला- राष्ट्रिय प्रजातन्त्र पार्टी, सुशासन विभागका अध्यक्ष ज्ञानेन्द्र शाहीले अबको लडाइँ भ्रष्टाचारीवरुद्ध हुने बताएका छन्  ।राप्रपाले जुम्लामा आयोजनाको गरेको आमसभामा उनले राप्रपाको लडाईँ तथा प्रतिस्पर्धा कुनै पार्टीसँग नभएको बताएका हुन् ।

उनले भने ,‘ हाम्रो लडाईँ भ्रष्टाचारसँग हुन्छ । राप्रपाका उम्मेदवारलाई पनि भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु भनेर कसम खुवाउने छौँ । देश भ्रष्टाचारले थिलोथिलो भएकोले हामीले देशलाई बचाउनु छ ।´

भ्रष्टाचारमुक्त देश बनाउन अभियान थालिएकाे उनले बताए ।


क्याटेगोरी : राजनीति, कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ