२०८१ माघ २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमाआइएमई जरनल इन्स्योरेन्सकाे कर्मचारी र ग्राहकले स्टेम सेन्टरमा १५ छुट पाउने

आइएमई जरनल इन्स्योरेन्सकाे कर्मचारी र ग्राहकले स्टेम सेन्टरमा १५ छुट पाउने


काठमाडौं—बत्तीसपुतलीस्थित सुगर, थाइराइड, इन्डोक्राइनोलोजी एण्ड मल्टी स्पेससियालिटी (स्टेम) र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबीच सेवा छुट सम्बन्धी सम्झौता भएको छ ।

सोमबार स्टेमका अध्यक्ष डा. बजरंगकुमार रौनियार र आइएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठबीच सोव छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि आइएमई जरनल इन्स्योरेन्स लिमिटेडका कर्मचारी र ग्राहकले स्टेम सेन्टरमा प्याथालोजी टेष्ट, रेडियोलोजी टेष्ट, फार्मेसी डेन्टल तथा अप्थामोलोजी सेवामा १५ प्रतिशत छुट पाउनेछन् ।

यसैगरी, स्टेम सेन्टरबाट दिइने प्याथालोजीको १८९ भन्दा बढी, रेडियोलोजीको ८१ बढी र डेन्टलका ३७ बढी टेष्टमा पनि आइएमई जनलर इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकलाई १५ प्रतिशत छुट हुनेछ ।

स्टेमसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्सबाट सहज रुपमा पाउनेछन् ।


क्याटेगोरी : बीमा
ट्याग : #आइएमई जनरल इन्स्योरेन्स लिमिटेड, #इन्डोक्राइनोलोजी एण्ड मल्टी स्पेससियालिटी (स्टेम)


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ