दिपेन्द्र मेहता । विश्व समुदायमा महामारीको रुपमा देखा परेको कोरोना भाईरस नेपालमा अहिले तिव्र रुपमा फैलिरहेको छ । सरकारले कोरोना रोकथामका लागि कुनै पनि सभा सम्मेलन,कार्यक्रम गर्न निषेध गरेको छ ।
हाल नेपालमा दैैनिक ३ हजारको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ भने संक्रमणबाट प्रत्येक दिन १५ जनाको ज्यान गईरहेको छ ।
सरकारले ५ जनाभन्दा बढीलाई एकैठाउँमा जम्मा हुन समेत रोक लगाएको अवस्थामा नेपाल कुसवाहा कल्याण समाजको भात्री संगठन नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजले यहि असोज २९ र ३० गते सिरहाको लहानमा सम्मेलन गर्दै छ।सम्मेलनमा काठमाडौ लगायत ११ जिल्ला बाट प्रतिनिधिहरु सहभागी जस्तो देखिएको छ । उक्त सम्मेलनमा ३ सयभन्दाबढि विद्यार्थीको उपस्थित रहने सम्भावना रहेको छ ।
सहभागीहरुमध्ये कसैलाइ पनि कोरना संक्रमण छ भने त्यहाबाट अरुलाई सर्ने प्रबल सम्भावना हुन्छ त्यसको जिम्मा कसले लिने ? अहिलेको यस्तो समयमा सम्मेलन गरी महामारीलाई बढावा दिनस कतिको उचित हुन्छ ? अहिले सम्मेलनमा खर्चिन लागेको रकमले कुनै गरिब,असहाय,मजदुरको भलाई गर्दा पो राम्रो होला कि अध्यक्षजयू ? त्यही सम्मेलनले महामारी थय फैलियो भने समितिको गुनानन्द महतोले यो अवस्थाको जिम्मेवारी लिन.तयार छन् त ?
मेहता नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको महासचिव हुन ।