काठमाडौं। अमेरिकी डलर सर्वाधिक बुधबार १२६ रुपैयाँ ३४ पैसा पुगेको छ । डलर बलियो हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ। विश्लेषणलाई आधार मान्ने हो भने डलरको भाउ अझै बढने छ ।
नेपाली अर्थतन्त्र एकदमै प्रभावित छोटो समयमा तीव्ररूपमा डलरको भाउ बढ्दा बनेको छ। एकातिर डलरको भाउ महँगिने र अर्कोतिर पेट्रोलियमको बढ्दो मूल्यलाई डलरको भाउले समेत सघाउने हुँदा नेपाल लगायत संसारभरीका अर्थतन्त्र प्रभावित भइरहेका छन्।
रुस(युक्रेन युद्धको बाछिटाका कारण पेट्रोलियम महँगो बनेको छ भने यसलाई डलरले पनि प्रभावित गरेको छ।
डलरको भाउले आयातित बस्तुको मूल्य महँगो बनाउँदै लगेको छ। अर्कोतिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानीको भाडा बढिरहेको छ। यसले दैनिक खाद्यवस्तुदेखि सागसब्जी, तरकारी, लत्ताकपडा सबै महँगिएको छ।
अर्कोतिर अमेरिकालगायत संसारभरीका केन्द्रीय बैंकले ब्याज दर बढाउँदै लगेका छन्। यसले ऋण निरुत्साहन भएर मूल्यवृद्धिमा कम चाप पर्छ भन्ने अनुमान हो। तर, डलरको भाउ यसले पनि बढाएको छ।
छोटो समयमै डलरको भाउमा आएको तीव्र वृद्धि अझै केही समय नथामिने भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि उत्तिकै कमजोर हुन्छ। भारतीयहरुका अनुसार, ९१।६ ले तुलना गर्दा० आगामी केही दिन डलरको भाउ अझै १र२ रुपैयाँले बढ्न सक्ने छ।
डलरको भाउ २०७७ वैशाख १० गते सर्वाधिक उचाइमा पुगेको थियो। त्यो दिन डलर १२३ रुपैयाँ २४ पैसा पुगेको थियो। त्यसपछि डलरको भाउ घटेको थियो। पछिल्लो २ महिनायता भने डलरले डरलाग्दो वृद्धि हासिल गरेको हो। डलरले पछिल्लो डेढ महिनायता नयाँ नयाँ रेकर्ड राख्दै आएको छ।
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ।
वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।
नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ।
बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। डलरको मूल्यवृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्नेछ।