२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटकुमारी बैंककाे ग्राहकले माया मेट्रो अस्पतालमा विशेष छुट पाउने

कुमारी बैंककाे ग्राहकले माया मेट्रो अस्पतालमा विशेष छुट पाउने


काठमाडौं – कुमारी बैंक लिमिटेड र कैलालीको धनगढीस्थत माया मेट्रो अस्पतालबीच छुट सम्झौता भएको छ ।

यो सम्झौतासँगै अब कुमारी बैंकका ग्राहकले माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वस्थ्योपचारसम्बन्धी सेवाहरूमा विशेष छुट पाउनेछन् ।

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले उक्त अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट वा क्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, एन्डोसकोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटी, एम्बुलेन्स सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त छ ।


क्याटेगोरी : कर्पोरेट
ट्याग : #कुमारी बैंक लिमिटेड, #माया मेट्रो अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ