२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटपेट्रोल पम्पहरुले उधारोमा कारोबार नगर्ने , उधारो चुक्त्ता नगरे कालो सूचीमा

पेट्रोल पम्पहरुले उधारोमा कारोबार नगर्ने , उधारो चुक्त्ता नगरे कालो सूचीमा


काठमाडाैं । आउदो आव २०७९/८०बाट पेट्रोल पम्पहरुले उधारोमा कारोबार नगर्ने भएको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले एक सुचना जारी गदै पेट्रोल पम्पहरुले विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुसँग उधारोमा समेत कारोबार गरेको र सोहि खरिदकर्ताहरुले पहिलेको उधारो रकम चुत्ता नगरी पुन अर्को पेट्रोल पम्पहरुमा गएर उधारोमा इन्धन किन्ने गरेको पाइएकोले एसोसिएसनले उधारोमा कारोबार बन्द गर्न पेट्रोल पम्पहरुलाई अनुरोध गरेको छ ।

एसोसिएसनले पेट्रोल पम्पसँग बाकी उधारो रकम चुक्त्ता नगरेसम्म कालो सूचीमा राख्ने जनाएको छ । साथै कालो सुचीमा परेका व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुलाई नगदमा समेत इन्धन उपलब्ध नगर्न नगराउन पेट्रोल पम्पहरुलाई आग्रह गरेको छ ।

त्यस्तै, उधारोमा कारोबार गरेर लामो समयसम्म भुक्तानी नगर्ने व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुको विवरण एक महिनाभित्र एसोसिएसनमा उपलब्ध गराउन  सदस्य पेट्रोल पम्पहरुलाई जानकारी गराइएको छ।

 


क्याटेगोरी : कर्पोरेट
ट्याग : #नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ