२०८१ माघ २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपछिल्लो २४ घण्टामा देशभर २०७१ कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २०७१ कोरोना पुष्टि


 

काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ७१ जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

जसमध्ये ७५ हजार ८ सय ४ जना कोरोना संक्रमण उपचार पछि घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५२ जना कोरोना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

आइतबारसम्म नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको छ ।

पछिल्ला दिनहरुमा अत्याधिक कोरोना संक्रमित देखिइरहेको काठमाडौं उपत्यकामा आइतबार थप १ हजार ४ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा सबैभन्दा बढी १ हजार १ सय ४५, ललितपुरमा १ सय ६१ र भक्तपुरमा १ सय १० जना नयाँ संक्रमित थपिएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ