काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप, आईसर्भ, वेवसाइट तथा इन्टरनेट बैंकिङ्ग सुविधाहरु अब देखि नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिनेछ ।
यो सुविधा मार्फत एनआईसीका ग्राहकले नेपाल टेलिकमको डाटा प्रयोग गर मोबाइल बैंकिङ्ग एप, आईसर्भ, वेवसाइट तथा इन्टरनेट बैंकिङ्ग सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन ।यसअघि एनआईसीले एनसेलको नेटवर्कमा पनि मोबाइल बैंकिङ्ग एप, आईसर्भ, वेवसाइट तथा इन्टरनेट बैंकिङ्ग जस्ता सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ । अब टेलिकम र एनसेलको निःशुल्क डाटा सुविधाको प्रयोग गरी यस बैंकका ग्राहकले निम्नलिखित सेवाहरू उपभोग गर्न सकिनेछन :
मोबाइल बैंकिङ्ग एप : अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, QR भुक्तानी, ई कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सक्नुहुनेछ । साथै, NIC ASIA MoBank मार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (IPO) मा आवेदन दिन सकिनेछ । NIC ASIA MoBank प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा (Cardless Withdrawal) को प्रयोग गर्न सक्नुहुनेछ र एपमा रहेको ‘Customer Care’ बाट ग्राहकले आफ्ना समस्या यथासिघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नुहुनेछ ।
आईसभ :आईसभमार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, ब्लक, अनब्लक तथा पिन÷पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र Stop Cheque Payment), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, Debit Card Replacement आवेदन र Insta Buy) ग्राहक महानुभावहरूले सरल तरिकाले लिन सक्नुहुनेछ ।
वेवसाइट : बैंकको वेबसाइटबाट ग्राहक महानुभावहरूले यस बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नुहुनेछ । जसमा अनलाइन खाता आवेदन, अनलाइन IPO आवेदन, Loan Benefit Calculator, EMI Calculator लगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ ।
इन्टरनेट बैंकिङ्ग : यसमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ ।
एनआईसी एशिया बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।