२०८१ माघ १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियपाकिस्तानमा टिकटकमाथी प्रतिबन्ध

पाकिस्तानमा टिकटकमाथी प्रतिबन्ध


काठमाडौं । शुक्रबारदेखि पाकिस्तानले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानी दूरसञ्चार प्राधिकरणले टिकटकमाथि प्रतिबन्ध लगाएको हो ।

‘अनैतिक र अश्लील’ सामग्री फिल्टर गर्न असफल भएका कारण टिकटकमाथि प्रतिबन्ध लगाइएका पाकिस्तान सरकारले जनाएको छ । भिडियो शेयरिङ एप्लिकेशनमा अनैतिक र अश्लील सामग्रीविरुद्ध समाजका विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्रतिबन्ध लगाइएको पीटीएको भनाइ छ ।

टिकटकले अवैध सामग्री नियन्त्रणका लागि सन्तोषजनक विधि अपनाएपछि मात्रै प्रतिबन्धको समीक्षा गर्न सकिने पाकिस्तानी द्ृरसञ्चार प्राधिकरणले बताएको छ ।

छोटो अवधिमा भिडियो राख्न सकिने टिकटक चिनियाँ कम्पनीको बाइटडान्सको एप हो

पाकिस्तानले टिकटकलाई आपत्तिजनक सामग्रीका विषयमा गत जुलाई महिनामै चेतावनी दिएको थियो । तर, टिकटकका तर्फबट कुनैपनि सन्तोषजनक कदम नचालिएपछि प्रतिबन्ध लगाउने कदम चालिएको बताइएको छ ।

प्राधिकरणका प्रवक्ताका अनुसार पाकिस्तानमा टिकटकका प्रति महिना दुई करोड एक्टिभ युजर्स छन् । टिकटक पछिल्ला १२ महिनामा व्हाट्सएप र फेसबुकपछि सबैभन्दा बढी डाउनलोड गरिएको तेस्रो एप हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ