२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठउर्जाङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका


काठमाडौं –  ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन हो । कम्पनीले हकप्रद सेयरका लागि सोमबार असार २० गते बुक क्लोज गर्दैछ । तसर्थ, आज आइतबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले जारी गर्न लागेको हकप्रदको दाबी गर्न पाउनेछन् ।

कम्पनीले १ः१दशमलब ५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागेको हो । ङादीले हाल कायम ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीमा १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयरमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ