२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटडिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का 

डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का 


काठमाडौं – नेपाल डीपी लिमिटेडले डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो ।

  कम्पनीको आर्थिक वर्ष २०७८–०७९ सम्म डिम्याट खाता संचालन गरेबापत लाग्ने शुल्कहरु असार मसान्तभित्र  ग्लोबल आइएमई बैंक लिमिटेडको कमलादी शाखामा रहेको बैंक खातामा भुक्तानी गर्न आग्रह गरिएको छ । साथै ग्राहकले मेरो शेयरको माइ प्रोफाइलमार्फत इ सेवा, कनेक्ट आइपीएस,  आइएमई पे र खल्तीमार्फत भुक्तानी गर्न सक्नेछन् ।

कम्पनीले तोकेको  समयभित्र डिम्याट खाताको सम्पूर्ण  वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको शुल्क भुक्तानी  नगरेसम्मका लागि डिम्याट खाता रोक्का गरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।


क्याटेगोरी : कर्पोरेट
ट्याग : #ग्लोबल आइएमई बैंक, #नेपाल डीपी लिमिटेड, #मेरो सेयर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ