२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रग्वाटेमालादेखि आउँछ नेपालमा सुकमेल, एघार महिनामा करिव ६५ करोडको भित्रियो 

ग्वाटेमालादेखि आउँछ नेपालमा सुकमेल, एघार महिनामा करिव ६५ करोडको भित्रियो 


काठमाडौं – नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँको सुकमेल आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुकमेल नेपाल भित्रिएको हो । सो समयमा नेपालले ४ लाख १५ हजार ७४८ केजी सुकमेल आयात गरेको विभागले जनाएको छ ।

नेपालले चालु आर्थिक वर्ष दुई वटा देशबाट मात्र सुकमेल आयात गरेको छ । छिमेकी राष्ट्र भारत र मध्य अमेरिकी राष्ट्र ग्वाटेमालाबाट सुकमेल नेपालले आयात गरेको छ । बितेको एघार महिनामा ग्वाटेमालाबाट ३९ करोड १० लाख २८ हजार रुपैयाँको २ लाख ५० हजार केजी सुकमेल नेपालमा भित्रिएको छ ।

यस्तै, भारतबाट सोही समयमा २५ करोड ७७ लाख ६४ हजार रुपैयाँको १ लाख ६५ हजार ७४८ केजी सुकमेल नेपालले आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले ग्वाटेमाला, भारत र युनाइटेड अरब इमिरेट्सबाट ९९ करोड ६५ लाख ४६ हजार रुपैयाँको सुकमेल आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।


क्याटेगोरी : अर्थतन्त्र
ट्याग : #भन्सार विभाग


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ