काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र धुलिखेलका आधा दर्जन सुविधासम्पन्न विभिन्न होटल रिसोर्टबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडबाट भुक्तानी गर्दा छुट पाउनेछन् । जसअनुसार होटलको फुड एन्ड बेभरेजमा धुलिखेल लज रिसोर्टमा १५ प्रतिशत, धुलिखेल भिलेज रिसोर्टमा १५ प्रतिशत, होटल सारथिमा १५ प्रतिशत, माउन्ट प्रिन्सेस होटलमा २० प्रतिशत, धुलिखेल नेचर होममा १० प्रतिशत र मिरावेल रिसोर्ट एन्ड होटलमा १५ प्रतिशत छुट पाउनेछन् ।
साथै रुम शुल्कमा धुलिखेल लज रिसोर्टमा १० प्रतिशत, धुलिखेल भिलेज रिसोर्टमा १५ प्रतिशत, होटल सारथिमा १० प्रतिशत, माउन्ट प्रिन्सेस होटलमा २० प्रतिशत, धुलिखेल नेचर होममा १० प्रतिशत र मिरावेल रिसार्ट एन्ड होटलमा २० प्रतिशत छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र होटलका रिसोर्टका प्रबन्ध सञ्चालकरप्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् । यसअघि बैंकको धुलिखेल शाखा र हिमालय दृश्य रिसोर्टका बीच रिसोर्टले दिने सेवा सुविधामा बैंकका ग्राहक तथा कर्मचारीहरूलाई छुट दिने सम्झौता सम्पन्न भइसकेको छ ।
सेञ्चुरी बैंकले काभ्रेजिल्लामा ७ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।