२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाजएनसेलको सामाजिक प्रयास वातावरण जोगाउन रिङरोडमा ग्रीन बेल्टको उद्घाटन

एनसेलको सामाजिक प्रयास वातावरण जोगाउन रिङरोडमा ग्रीन बेल्टको उद्घाटन


एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रिङरोड ग्रीन बेल्टको  उद्घाटन गरेको छ ।

वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वर देखि कलंकी सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको एनसेलले जनाएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू(संरक्षण विभागका महानिर्देशक डा। राजेन्द्र के।सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रुपमा एक कार्यक्रमाझ मंगलबार उक्त ग्रीन बेल्ट उद्घाटन गरेका हुन् ।

यस सामाजिक पहल अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ सहित हरियाली निर्माणको सकाएर हाल यस क्षेत्रको संरक्षणको काम गर्दै आइरहेको र यो परियोजना हरियाली विकासको एक उदाहरणीय काम बनेको तथा यसले रिङरोड सडक खण्डमा सफा र हरियालीलाई प्रवर्द्धन गर्ने एनसेलको दाबी छ ।

यस कार्यक्रम अन्तर्गत ल्यान्डस्केपिङ सहित हरियाली निर्माण र संरक्षण बाहेक कोटेश्वर देखि कलंकी सडक खण्डमा वृक्षारोणमा योगदान पुर्याएको एनसेलले जनाएको छ । साथै समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने भएकोले सन् २०२४ सम्म यस ग्रीन बेल्टको संरक्षण गर्ने एनसेलले जनाएको हो ।

 


क्याटेगोरी : समाज
ट्याग : #एनसेल, #ग्रीन बेल्ट, #वन तथा भू–संरक्षण विभाग


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ