२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटहवाई भाडा फेरि बढ्यो,कुन रुटमा कति बढ्यो ?

हवाई भाडा फेरि बढ्यो,कुन रुटमा कति बढ्यो ?


काठमाडौं ।  हवाई भाडा  फेरि बढेको छ ।

नेपाल आयल निगमले असार २० गते हवाई इन्धनको मुल्य प्रतिलिटर ५ रुपैयाँले बढाएसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा पुन बढाएका छन ।

वायु सेवा संचालक संघको अनुसार काठमाडौबाट सबैभन्दा  लामो दुरीमा चल्ने  धनगढीको भाडा २ सय २० रुपैयाँले बढेको छ । यात्रुलाइ अब काठमाडौंबाट धनगढीसम्म पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ चाहिन्छ ।   काठमाडौंबाट सिमराका लागि सबैभन्दा कम ४५ रुपैयाँले बढेको छ । यो रुटमा अब अधिकतम ४ हजार २ सय ४० रुपैयाँ भाडा लाग्ने भएको छ ।

काठमाडौंबाट माउन्टेन फ्लाइटका लागि १४ हजार ८ सय ९० रुपैयाँ  तय भएकाे  छ । माउन्टेन फ्लाइटकाे भाडन १ सय ७० रुपैयाँले बढेकाे  छ ।

त्यस्तै, काठमाडौंबाट विराटगरसम्म जान अधिकतम १० हजार २ सय ५ रुपैयाँ लाग्ने छ । बिराटनगरको भाडा १ सय २५ रुपैयाँले बढेको छ । काठमाडौंदेखि भद्रपुरसम्मको भाडा १ सय ५० रुपैयाले बढेर १२ हजार ९ सय ९५ रुपैयाँ, काठमाडौंदेखि जनकपुरसम्मको  भाडा ६५ रुपैयाले बढेर ५ हजार ८ सय ६० रुपैयाँ ,काठमाडौंदेखि पोखरासम्मको भाडा  ८० रुपैयाँले बढेर ६ हजार ९ सय ८५ रुपैया पुगेको छ ।

साथै, काठमाडौंदेखि भैरवाहसम्मको भाडा  १ सय  रुपैयाले बढेर ८ हजार ६ सय ७५ रुपैयाँ, काठमाडौंदेखि भरतपुरसम्मको भाडा ५५ रुपैयाले बढेर ४ हजार ९ सय ९० रुपैयाँ, काठमाडौंदेखि नेपालगञ्जसम्मको भाडा  १ सय ६५ रुपैयाले बढेर १३ हजार ९ सय ८० रुपैयाँ,  काठमाडौंदेखि तुम्लिङटारम्मको भाडा  ९५ रुपैयाले बढेर ८ हजार २ सय ५ रुपैयाँ , काठमाडौंदेखि राजविराजम्मको भाडा  १ सय  रुपैयाले बढेर ८ हजार ७ सय ५५ रुपैयाँ , काठमाडौंदेखि सुर्खतम्मको भाडा  १ सय ७० रुपैयाले बढेर १४ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ ।


क्याटेगोरी : कर्पोरेट
ट्याग : #नेपाल आयल निगम, #वायु सेवा संचालक संघ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ