काठमाडौं । सन २०१९ को डिसेम्बर अन्तिमबाट चिनको वुहानमा दिखा परेर विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण केही समय कम हुदै गए पनि पछिल्लो समय संक्रमण तीव्ररुपमा फैलिएको छ । युरोपेली मुलुकहरुमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ ।
विश्वका केहि मुलुकहरुले फेरि कडा प्रतिबन्धात्मक नियमहरु लागु गर्न थालेका छन् । बेलायतका खोप कार्यदलका प्रमुखले बीबीसी रेडियो ५ सँग संवाद गर्दै सन् २०२१ को अन्तिभन्दा अघि जीवन सामान्य अवस्थामा फर्किन नसकिने बताएकी छन् ।
उनले भनिन् “विश्वमा सबैभन्दा चाँडोमा भन्ने हो भने यस वर्षको अन्तिमसम्ममा कोरोनाविरुद्धको खोप सम्भवतः, उपलब्ध हुनसक्छ । तर, उक्त खोप सबैभन्दा पहिले सबैभन्दा बढी जोखिम भएका समूहलाई दिइने छ । अनिमात्रै समग्र जनसंख्यालाई यो खोप लगाइने छ ।“
उनका भनाइ अनुसार यस खोपले पनि मानिसहरुलाई सधैंभर सुरक्षित गर्न नसक्ने र“एकचोटी खोप लगाउँदैमा सधैभरका लागि हुन्छ भन्ने छैन । बाराम्बार मानिसहरुलाई खोप दिइरहनुपर्छ ।“
खोप विकास गर्ने दौडमा यसको सुरक्षाको पाटोसँग सम्झौता गर्न नसकिनेसमेत उनले बताएकी छन् । बीबीसी