२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशस्थानीय न्यायिक समितिको बिषयमा कार्यशाला सम्पन्न

स्थानीय न्यायिक समितिको बिषयमा कार्यशाला सम्पन्न


सुनसरी ।  युथ एड्भोकेसी नेपालले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमसँगको सहकार्यमा आज स्थानीय न्यायिक समिति : चुनौती र अवसर विषयक कार्यशाला सम्मन्न गरेको छ ।

सुनसरी स्थित सुनसरी बहुमुखी क्यापस तथा शारदा माविमा संचालन भएको कार्यशालाले युवा बिद्यार्थीहरुलाई न्यायिक समितिका काम, कर्तव्य तथा अधिकारको विषयमा अभिमुखीकरण गरेर न्यायमा सबैको पहुँच पुर्याउने उदेश्यले कार्यक्रम गरिएको युथ एड्भोकेसी नेपालकी कार्यक्रम संयोजक सुजाता अर्यालले जानकारी दिईन ।

कार्यशालालाई सहजीकरण गर्दै महेन्द्र बहुमुखी क्याम्पसका सह प्राध्यापक तथा अधिवक्ता सरोज गिरीले स्थानीय स्तरमा हुनै झगडालाई समाधान गर्नका लागि न्यायिक समिति महत्पुणर् संयन्त्र भएको वताए । न्यायिक समितिले सबै नागरिकको न्यायमा पहुँच बृद्धी गर्ने बताउदै यसको महत्वको बिषयमा युवा बिद्यार्थीहरुले समुदायमा जागरण ल्याउनु पर्नेमा गिरीको जोड थियो ।

उक्त कार्यशालामा ईनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले न्यायिक तथा अर्ध न्यायिक निकायको विषयमा प्रकाश पारेका थिए । उनले कानुनी शासनको सुनिश्चिताका लागि युवाहरुमा कानुनी ज्ञान हुनु पर्नेमा कुरामा जोड दिए । क्षमता अभिवृद्धी, समन्वयको अभाव, चेतनाको अभाव जस्ता पक्षहरुले न्यायिक समितिको प्रभावकारितामा चुनौती थपिएको भण्डारीको जिकिर थियो ।

त्यस्तै, न्यायिक समितिले गरिरहेको कामको विषयमा जानकारी गराउदै उप मेयर विनिता कुमारी मेहताले युवा विद्यार्थीहरुले कानुनी चेतनाको विषयमा गाँउ गाँउमा जनचेतना फैलाउनु पर्ने बताईन ।

उक्त कार्यक्रम दुई स्थानमा सम्पन्न भएको कार्यशालामा १५० जना भन्दा बढी युवाहरुको सहभागिता थियो ।


क्याटेगोरी : समाज, कोशी प्रदेश
ट्याग : #ईनरुवा नगरपालिका, #कानुन, #केदार भण्डारी, #न्याय तथा संसदीय मामिला मन्त्रालय, #महेन्द्र बहुमुखी क्याम्पस, #युथ एड्भोकेसी, #विनिता कुमारी मेहता, #शारदा मावि, #संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, #सरोज गिरी, #सुजाता अर्याल, #सुनसरी बहुमुखी क्यापस


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ