२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाजआयोगले सार्वजनिक मानवअधिकार उल्लंघनकर्ताको नाम

आयोगले सार्वजनिक मानवअधिकार उल्लंघनकर्ताको नाम


काठमाडौं। २८६ जना मानव अधिकार उल्लंघनकर्ताको नाम राष्ट्रिय मानवअधिकार आयोगले आज सार्वजनिक गरेको छ।

मानव अधिकार आयोगले विगत २० वर्षमा गरेका सिफारिसहरूको कार्यान्वयनको अवस्था प्रतिवेदनबाट आज नामावली सार्वजनिक गरेको हो।

सो अवधिमा गरेका एक हजार १९५ वटा सिफारिसहिरूका आधारमा यी तथ्य सार्वजनिक गरिएको आयोगले जानकारी दिएको छ।

आज सार्वजनिक गरेको प्रतिवेदनमा सशस्त्र द्वन्द्वसँग सम्बन्धित सिफारिस ९४० र सशस्त्र द्वन्द्वसँग असम्बन्धित २५५ वटा सिफारिस रहेका छन्।
सिफारिस गरिएका उजुरीहरूमध्ये सबैभन्दा बढी हत्याका घटनासँग सम्बन्धित र सबैभन्दा कम शरणार्थीको अधिकारसँग सम्बन्धित रहेको आयोगले जनाएको छ।


क्याटेगोरी : समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ