२०८१ माघ १७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमाआइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा उमेश रघुवंशी नियुक्त

आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा उमेश रघुवंशी नियुक्त


 

काठमाडौं । आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त भएका छन् ।

सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन ।

उमेश रघुवंशी नेपालको आइटी क्षेत्रको एक परिचित नाम हो । २० वर्षअघि उनको नेतृत्वले सुरु गरेको इन्फोडेभलपर्स कम्पनीले ३५० बढीलाई रोजगारी दिइरहेको छ ।

माइक्रोफाइनान्स, सहकारी र सरकारी सेवा र सुविधालाई प्रविधिमैत्री बनाउन यस कम्पनीले महत्वपुर्ण योगदान दिएको छ । सन् २००१ मा स्थापना भएको आइएमई जनरल इन्सुरेन्स कम्पनी उत्कृष्ट विमा कम्पनीको रुपमा परिचित छ ।

२ अर्बको चुत्ता पुजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचत व्यत्ति तथा समुहरुको संलग्नता रहेको छ । कम्पनीका बोर्ड निर्देशकहरुमा अम्बिका प्रसाद पौडेल, राजेन्द्र सिंह भण्डारी, सिताराम थापा र कृष्ण प्रसाद शर्मा रहेका छन् ।


क्याटेगोरी : बीमा
ट्याग : #आइएमई जनरल इन्स्यारेन्स, #इन्फोडेभलपर्स, #उमेश रघुवंशी, #हेमराज ढकाल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ