२०८२ वैशाख १४, शनिबार
Health Aawaj logo
गृहपृष्ठविचारहेयर टेक्निसियनले समयसँगै आफुले आफुलाई अपडेट गर्नु जरुरी

हेयर टेक्निसियनले समयसँगै आफुले आफुलाई अपडेट गर्नु जरुरी


काठमाडाैं । आजको युगमा कुनै पनि पेसा गर्नु भनेको तपाईको कला देखाउनु हो। त्यसमा पनि सौन्दर्य पेसा भनेको कलाको साथसाथै कमाइ पनि हो । सोहीअनुसारको मेहेनत गर्नु भयो भने यो पेशामा चाडै नै नाम र दाम कमाइन्छ।

अहिलेको समयमा सौन्दर्यलाई पनि विभिन्न भागमा बाडिएको छ । जस्तै:- मेकअप ,स्किन,कपाल र ब्यूुटी। त्यसमा पनि आफ्नो इच्छाअनुसार कोर्स गर्न मिल्छ । बदलिदो समय अनुसार मानिसको सोच पनि बदलिन्छ । अहिलेको समयमा हामीले स्टाइल गर्द समय अनुसार गर्नुपर्दछ । सौन्दर्यमा आज म कपालको फेसन बारे चर्चा गर्दैछु। अहिलेको पिडीहरु आफूलाई अरुभन्दा अलग कसरी देखाउने भन्ने इच्छा राख्छन् । यी सबैकुरा पर्छन् सौन्दर्यमा ।

हेयर टेक्निसियन के हो त ?

हेयर टेक्निसियन भनेको जसले ग्राहकले खोजेको सुविधालाई ध्यानमा राख्छ । ग्राहकले भनेको स्टाइल/ कलर/ क्रियटिभ कुरालाई ध्यानमा राखी त्योअनुसार सुहाउने-नसुहाउने सल्लाह दिनुको साथ-साथै ग्राहकको कपालको टेक्सचरलाई पहिचान गर्न काम हेयर टेक्निसियनले गर्दछ । ग्राहकसँगै इमानदारीको साथ सल्लाह दिने, लामो समयसम्म उभिएर काम गर्ने र सहज वातावरण बनाउने।

सुन्दरतालाई नयाँ रुप दिने कपालले हो जुनसुकै पेसामा सफलता हासिल गर्नको लागि मेहेनतको अत्यन्तै जरुरी छ । यस पेसामा पनि आफ्नो व्यापार बढाउनुलाई आफुलाई तयारी गर्ने जरुरी छ । जसमा सबैभन्दा अगाडी आउँछ तपाईको बोली र व्यक्तित्व। तपाईले आफुलाई ग्राहकको अगाडि कसरी प्रस्तुत गर्नु हुन्छ भन्ने कुरा आउँछ। जति तपाईले आफ्नो छाप दिनुहुन्छ त्यति नै तपाईको व्यापारमा सहयोग मिल्छ । काम र बोलेर मात्र हुदैँन हामीले बेलाबेलामा आफुलाई र आफ्नो कामलाई अपडेट गर्नु जरुरी छ ।त्यसो गर्दा ग्राहकको आवश्यकतालाई पहिचान गर्नु सजिलो हुन्छ ।

हेयर टेक्निसियनले आफ्नो ग्राहकको पेशा हेरेर विद्यार्थी, कार्यरत ग्राहक र अरु पनि विभिन्न पेशा गर्नेमा कुनै पनि पेशालाई ध्यानमा राखेर कपाललाई नयाँ रुप दिइन्छ। ग्राहकको कपालको लम्बाई ,टेक्सचर हेरेर काम गर्नु जरुरी छ ।

समय एकदम परिवर्तन भइसक्यो ।हामी समय अनुसार चल्नुपर्छ ।पार्लर पहिले माथिल्लोतहका ग्राहक मात्र जान्थे तर, अहिले जो कोही पनि जाने जाने गर्छन् ।चाहे त्यो स्किनको लागि होस् या कपालको लागी ।

अहिले हरेक तहको पार्लर खुलेको छ ।आफ्नो बजेट अनुसार जान सकिन्छ । सामाजिक र सिनेमाको पनि निकै असर परेको छ । सौन्दर्यमा यस व्यवसायलाई राम्रोसँग अगाडी लाग्नको लागि निकै मेहेनत गर्नुपर्ने हुन्छ।

यसको लागि ब्यूटिसियन होस् या हेयर टेक्निसियन आफुले आफुलाई अपडेट गर्नु जरुरी छ ।यसको लागि हरेक कोर्सलाई नयाँ नयाँ तरीकाबटा सिक्न जरुरी छ ।

  • लेखक मल्लिक टुलिप ब्यूटी सैलुनका सिनियर हेयर टेक्निसियन हुन् ।

क्याटेगोरी : विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ