२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपोखरामा एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख चोरी

पोखरामा एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख चोरी


पोखरामा एक एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको छ।

एनएमबी बैंकको एटिएम मेसिन पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको ती एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको थप अनुसन्धान भइरहेको र रकम चोरी गर्नेको खोजतलास भईरहेको जानकारी दिए।

बैंकका अनुसार अघिल्लो दिन एटिएममा १७ लाख रुपैयाँ राखेकामा दुई लाख ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताएको छ।

गत असार ३१ गते राति पोखरा–९ न्यूरोडस्थित एनआइसी एसिया बैंकको एटिएम मेसिन फोर्ने घटना भएको थियो ।


क्याटेगोरी : अर्थतन्त्र
ट्याग : #एनएमबी बैंक, #पोखरा महानगरपालिका


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ