२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रयुएई र टर्कीबाट एक वर्षमा साढे ३५ अर्बभन्दा बढीको सुन नेपाल भित्रियो 

युएई र टर्कीबाट एक वर्षमा साढे ३५ अर्बभन्दा बढीको सुन नेपाल भित्रियो 


काठमाडौं- युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट नेपालमा एक वर्षको अवधिमा साढे ३५ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ अर्थात २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुन नेपालले आयात गरेको हो ।

सो अवधिमा युएई र टर्कीबाट नेपालमा ३५ अर्ब ६१ करोड ९५ लाख २४ हजार रुपैयाँको सुन आएको विभागले जनाएको छ ।

उक्त मुल्यमा नेपालमा ५ हजार ५३ केजी सुन भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९२४.५ केजी सुन भित्रिएको थियो ।


क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ