२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रसुनको मूल्य आठ सयले बढ्यो

सुनको मूल्य आठ सयले बढ्यो


काठमाडौं -बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कायम भएको छ ।

चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ