काठमाडौँ । पछिल्लो ६ महिनामा आयात सँगै निर्यात पनि घटेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांङ अनुसार चालु आव २०७९—८० को पछिल्लो ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयत भएको छ भने ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा गत आवको यहि अवधिको तुलनामा आयतमा आयात २०.६८ प्रतिशत र निर्यात ३२.०१ प्रतिशतले कमी आएको हो ।
गत आव यस अवधिमा ९ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाखको वस्तु आयात र १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तुको निर्यात भएको थियो ।
कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७५ र निर्यातको हिस्सा ९.२५ प्रतिशत छ ।
त्यस्तै, नेपालले १४८ देशबाट ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको वस्तु आयत गरेको छ ।
यस अवधिमा नेपाल भारतबाट धैरे ४ खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बराबरको आयात गरेको छ । त्यस्तै अर्को छिमेकी मूलुक चीनबाट १ खर्ब ९ अर्ब ९७ करोड ८७ लाख बराबरको वस्तु आयात भएको छ ।
साथै चालु आवको पुस मसान्तसम्ममा नेपालबाट भारतमा ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको र चीनमा ३४ करोड ११ लाख बराबरको मात्र वस्तु निर्यात भएको छ ।