२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रब्याजदर अन्तर सिमा उल्लङघन गर्ने बैंककाे सीईओ र सञ्चालक समितिलाई राष्ट्र बैंकले कारवाही गर्ने

ब्याजदर अन्तर सिमा उल्लङघन गर्ने बैंककाे सीईओ र सञ्चालक समितिलाई राष्ट्र बैंकले कारवाही गर्ने

सामाजिक उत्तरदायित्व कोषबाट हुने खर्चको बढिमा ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनका लागि गर्नु पर्ने


काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर सिमा उल्लङघन गर्ने बैंककाे प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिलाई कारवाही गर्ने भएको छ ।फागुन १६ गते राष्ट्र बैंकले “क” “ख” “ग” वर्गका वित्तीय संस्था तथा बैंकहरुका लागि एक परिपत्र जारी गरेको छ ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रममा  ,‘ कुनै महिनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही त्रयमास सम्ममा सीमाभित्र ल्याउनु पर्नेछ । ब्याजदर अन्तरको सीमा उल्लङ्घन गर्ने संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार कारवाही गरिने व्यवस्था गरिएको छ ।

यसैगरी राष्ट्र बैंकको परिपत्रमा उल्लेख भए अनुसार बुझा उनुपर्ने ब्याजको १० प्रतिशत रकम बुझाउन नसकेको कारणले २०७७ पुसमसान्तसम्म कर्जा पुनरसंरचना/पुनरतालिकिकरण गर्न असमर्थ ऋणीहरुबाट शर्तहरुको अधिनमा रहि बुझाउनु पर्ने ब्याजको ५ प्रतिशत रकम असूल उपर गरी २०७८ असार मसान्तभित्र कर्जाको पुनरसंरचना/पुनरतालिकीकरण गर्न उपर्युक्त व्यवस्थाले बाधा पुगेको मानिने छैन व्यवस्था  गरिएको छ ।

राष्ट्र बैंकले संस्थतागत सामाजिक उत्तरदायित्व कोषबाट हुने खर्चको बढिमा ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनका लागि गर्नु पर्ने नयाँ व्यवस्था पनि गरेको छ ।

त्यसैगरी “इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकले स्वीकार गर्ने स्वदेशी मुद्राको कल निक्षेपको अंश कुल स्वदेशीे निक्षेप दायित्वको १० प्रतिशत र इजाजतपत्रप्राप्त “ख” तथा “ग” वर्गका वित्तीय संस्थाहरुले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायित्वको १५ प्रतिशतभन्दा बढी कायम गर्न नपाइने परिपत्रमा व्यवस्था गरिएको  छ ।


क्याटेगोरी : अर्थतन्त्र



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ