२०८१ माघ २५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रसरकारको आम्दानी भन्दा खर्चे ४२ अर्ब भन्दा बढी

सरकारको आम्दानी भन्दा खर्चे ४२ अर्ब भन्दा बढी


काठमाडौं । चालु आर्थिक वर्ष २०८० / ०८१ को पहिलो त्रैमास सकिनै लाग्दा सरकारको आम्दानी भन्दा खर्चे ४२ अर्ब  बढी देखिएको छ ।

चालु आर्थिक वर्ष २०८० / ०८१ को असोज २२ गते सम्ममा सरकारले २ अर्ब १ अर्ब आम्दानी गरेको छ भने २ खर्ब ४३ अर्ब रुपैयाँ खर्चे गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार सरकारकाे  सोमबार सम्ममा राजस्व सङ्कलन तर्फ कर राजस्वतर्फ १ खर्ब ७१ अर्ब रुपैयाँ र गैर कर राजस्वतर्फ १४ अर्ब रुपैयाँ आम्दानी रहेको छ । यो लक्ष्यको १३.१४ र १२.६३ प्रतिशतले प्रगति हो ।

त्यस्तै, सरकारले अन्य आम्दानीबाट १४ अर्ब रुपैयाँ आर्जन गरेको छ भने ६ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ ।

चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ आन्तरिक राजस्व उठाउने र ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान लिने सरकारको लक्ष्य रहेको छ ।

चालु आवका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको हो । 

त्यस्तै सोमबार सम्ममा विनियोजित बजेटमध्ये १३ .६६ अर्थात् २ खर्ब ४३ अर्ब  रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । जसमा चालुतर्फ १५.९४ , पूँजीगततर्फ ३ .९९  र वित्तीय व्यवस्थातर्फ १६ .०५ प्रतिशत बजेट खर्च भएको छ । 

चालु शीर्षकमा १ खर्ब ८२ अर्ब रुपैयाँ, पुँजीगत शीर्षकमा १२ अर्ब रुपैयाँ र वित्तीय व्यवस्था शीर्षकमा ४९ अर्ब रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।


क्याटेगोरी : अर्थतन्त्र
ट्याग : #महालेखा नियन्त्रक कार्यालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ