२०८१ माघ २५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनिगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौ । नेपाल आयल निगमले पेट्रोल,डिजल र मट्टितेलको मूल्य घटाएको छ ।

आज राति १२ बजे देखि लागु हुने गरि पेट्रोलियमको पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजेल/ मट्टितेल प्रतिलिटर ५  रुपैयाँका दरले मूल्य घटाएको छ ।

निगमले मूल्य  घटाएसँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६९.५० रुपैयाँ,दोस्रो वर्गमा प्रतिलिटर १७१ रुपैयाँ र तेस्रो वर्गमा प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । डिजेल/ मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६५.५० रुपैयाँ दोस्रो वर्गमा प्रतिलिटर १६७ रुपैयाँ र तेस्रो वर्गमा प्रतिलिटर १६८ रुपैयाँ कायम भएको छ ।

पहिलो वर्गमा चारआली,विराटनगर,जनकपुर,अमलेखगंज, नेपालगञ्ज,धनगढी र वीरगञ्ज रहेका छन् । त्यस्तै , दाङ र सुर्खेत दोस्रो वर्गमा रहेको छ भने काठमाडौं ,पोखरा र दिपायल तेस्रो वर्गमा रहेको छ ।


क्याटेगोरी : अर्थतन्त्र



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ