२०८२ वैशाख १४, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा

बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा


काठमाडौं– लगानीकर्ताले अपेक्षा गरेअनुसारको बजेट नआएपछि सेयर बुधबार सेयर बजार परिसूचक करिब २४ अंकले घटेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको बजेटमा सेयर लगानीकर्ता आश्वस्त नहुँदा बुधबारको कारोबारमा सेयर बजार २३.८१ अंकले आरोलो लागेको हो ।

बजेटको अघिल्लो दिन सोमबार सामान्य अंक बढेको बजार बुधबार भने २३.८१ अंक घट्न पुग्यो । आजको कारोबार पश्चात नेप्से २ हजारको विन्दुमा ओर्लिएको छ । आजको कारोबार पश्चात बजार परिसूचक २०८९.४२ मा झरेको छ ।

आजको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ६३ हजार ८० पटकमा खरिद बिक्री भएको छ ।
बजार घटेपनि युनिलिभर नेपाल लिमिटेड,  कालीञ्चोक दर्शन प्रा.लि, अप्पर लोओरे खोला जलविद्युत् तथा भगवती हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

उप सूचक समूहतर्फ फाइनान्स समूह ०.१४ प्रतिशत, होटेल तथा पर्यटन १.१३ प्रतिशत, म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ २.६८ प्रतिशत तथा व्यापार समूह ०.६९ प्रतिशत बढ्यो भने बाँकी समूहको सेयर मूल्य घटेका छन् । आज सबैभन्दा धेरै बैकिङ समूहको सेयर मूल्य घटेको छ । बैंकिङ समूह २.९४ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : अर्थतन्त्र, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ