गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने Karobarpati सोमबार, २०८१ असार ३ गते, १५:५५ मा प्रकाशित काठमाडौँ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि आन्दोलन स्थगित भएको हो । चालकले सोमबारबाटै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । दुई हप्ता भित्र समस्या समाधान गर्ने गरी सहमति भएको हो । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राखेर ढुवानी नगरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा डिजेल र पेट्रोलको अभाव भएको हो । सामान्य अवस्थामा निगमको थानकोट डिपोबाट पेट्रोल दैनिक सात सय किलोलिटर र डिजेल आठ सय ५० किलोलिटर बिक्री हुँदै आएकोमा आइतबार पेट्रोल एक सय ३० किलोलिटर र डिजेल ६० किलोलिटर मात्र बिक्री भएको थियो । चालक तथा सहचालकले मजदुरहरूको श्रम ऐन अनुसार नियुक्ति दिई नेपाल सरकारले तोके अनुसारको तलव व्यवस्था गर्नुपर्ने, स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने लगायतका माग अघि सरेर आन्दोलन गरेका थिए । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग