गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ विश्व बैंकको लगानीमा लुम्बिनी र प्रदेश २ मा अक्सिजन प्लान्ट विश्व बैंकको लगानीमा लुम्बिनी र प्रदेश २ मा अक्सिजन प्लान्ट Karobarpati आईतबार, २०७८ मंसीर १९ गते, १३:२९ मा प्रकाशित काठमाडाैं – विश्व बैंकको सहुलियत ऋण लगानीमा लुम्बिनी र प्रदेश २ को प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । कोभिड-१९ विरुद्ध लड्नका लागि बैंकको सहुलियत ऋण दिएको थियो । उक्त ऋणबाट लम्बिनी र जनकपुर प्रादेशिक अस्पतालमा प्लान्ट स्थापना भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका क्षेत्रीय प्रमुख डा. मदन कुमार उपाध्याय र विश्व बैंक नेपाल, श्रीलंका तथा माल्दिभ्सका राष्ट्रिय निर्देशक फासिर हदाद जर्भोसले आइतबार संयुक्त रुपमा प्लान्टको उद्घाटन गरे । बैंकको ऋण लगानीमा सञ्चालित ‘कोभिड-१९ आपतकालीन उद्धार तथा स्वास्थ्य प्रणाली तयारी परियोजना’ कार्यक्रम अन्तर्गत आगामी २० डिसेम्बरभित्र प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि अक्सिजन प्लान्ट स्थापना हुने बैंकले जनाएको छ । तीन वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसमेत यसै परियोजना अन्तर्गत हुनेछ । गत भदौमा सरकार र विश्व बैंकबीच विद्यालय र स्वास्थ्य क्षेत्र सुधारका लागि नेपाललाई करिब ६ अर्ब ऋण लगानी गर्ने सम्झौता भएको थियो । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सिभिल बैंकको किसान समृद्धि कार्ड सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सिभिल बैंकको किसान समृद्धि कार्ड सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट