२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्र५ प्रतिशतले बढेपछि सेयर बजारमा ४० मिनेटका लागि कारोबार बन्द

५ प्रतिशतले बढेपछि सेयर बजारमा ४० मिनेटका लागि कारोबार बन्द


काठमाडौं- दुई दिनदेखि उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको दुई घण्टा नबित्दै नेप्से सूचक पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ ।

मंगलबार १२ : ३८ बजेसम्ममा नेप्से ११४.२५ अंकले बढेर २३९५.९२ अंकमा पुगेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका कारण आइतबार र सोमबार बजार डेढ सयभन्दा बढी अंकले घटेको थियो ।

आफ्नो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि त्यसको बचाउमा प्रचण्डले स्पष्टीकरण दिइसकेका छन् ।


क्याटेगोरी : अर्थतन्त्र



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ