२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्र६ महिनामै ९ खर्ब ९९ अर्बको सामान आयात, ब्यापार घाटा भने ८८० अर्ब पुग्यो

६ महिनामै ९ खर्ब ९९ अर्बको सामान आयात, ब्यापार घाटा भने ८८० अर्ब पुग्यो


भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालले झन्डै १० खर्बको सामान आयात गरेको छ । साउनदेखि पुससम्मको अवधिमा नेपालले ९ खर्ब ९९ अर्ब ३४ करोड बराबरको सामान आयात गरेको हो

चालु आर्थिक वर्षको ६ महिनामा नेपालले १ खर्ब १८ अर्ब बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ९५।४८ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालले ६० अर्ब ७९ करोड बराबरको सामान निर्यात गरेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा नेपालको ब्यापार घाटा ८ खर्ब ८० अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा ४६।६४ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालको ब्यापार घाटा ६ खर्ब मात्रै थियो।

६ महिनाको अवधिमा नेपालले डिजेल मात्र ६१ अर्ब ४७ करोडको आयात गरेको छ । त्यस्तै ३६ अर्ब ५४ करोडको सोयाबिन तेल, २९ अर्बको पेट्रोल, , २९ अर्ब कै एलपिजो ग्यास, र २७ अर्बको कच्चा पाम तेल आयात गरेको छ । यस अवधिमा नेपालले ३४ अर्बको सोयाबिन तेल निर्यात गरेको छ ।

नेपाल राष्ट्र बैंकले आयातलाई निरुत्साहित गर्न दर्जनौ बढी वस्तु आयात गर्दा अनिवार्य शतप्रतिशत नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको थियो । तर रश्र्ता बैंकको कड नियमले पनि उलेख्य रुपमा आयात भने नघटेको देखिएको छ ।


क्याटेगोरी : अर्थतन्त्र, पूँजी बजार
ट्याग : #आर्थिक वर्ष, #भन्सार विभाग


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ