२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियकच्चा तेलको मुल्य सन् २०१४ यताकै उच्च

कच्चा तेलको मुल्य सन् २०१४ यताकै उच्च


कच्चा तेलको मूल्य सात वर्ष यताकै उच्च भएको छ। पूर्वी युरोप र मध्य पूर्वी देशहरुमा राजनीतिक उतारचढाब आउँदा मुल्य बढेको हो ।

नयाँ सालको सुरुवातमा बे्रन्टले ७८।९८ अमेरिकी डलर प्रति ब्यारलमा कच्चा तेल खरिद गरिरहेको थियो भने फेब्रुअरी महिनाको सुरुवातमा आउँदा मूल्य वृद्धि भई ९१।१० अमेरिकी डलर प्रति ब्यारल भएको हो।

कच्चा तेलको मुल्य सन् २०१४ यताकै उच्च रहेको छ। सन् २०१४को अक्टोबर महिनामा ब्रेन्टले ९१।७० डलर प्रति ब्यारलमा कारोबार गरेको थियो भने डब्लु टी आइले ८८।८४ डलर प्रति ब्यारलमा खरिद बिक्री गरेको थियो। यो वर्षको मूल्यमा १७ प्रतिशतले वृद्धि हुन पुगेको छ।

युरोपेली राष्ट्रहरुमा हिटिङ्ग आयलको माग वृद्धि हुँदा र माग अनुसारको आपूर्ति हुन नसक्दा पनि तेलको मूल्य वृद्धि हुन पुगेको हो। रुस र युक्रेन र युएई र इरानबीचको बढ्दो राजनीतिक टकरावका कारण आपूर्तिमा समस्या आउँदा कच्चा तेलको मूल्य बढेको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थतन्त्र
ट्याग : #कच्चा तेल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ