२०८१ माघ २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रअर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह

अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह


अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह गरेका छन । साथै जोडिएको भए तत्काल छोड्न आम सर्वसाधारणलाई सुझाव दिएका छन। नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैर कानुनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन ।

कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्न समेत अनुरोध गरेका छन । मन्त्री शर्माले प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पुँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।


क्याटेगोरी : अर्थतन्त्र
ट्याग : #अर्थमन्त्री


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ