२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रतोलामा पाँच सयले बढ्यो सुनको भाउ

तोलामा पाँच सयले बढ्यो सुनको भाउ


काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ ।

बुधबार सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको छ ।


क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट
ट्याग : #नेपाल सुनचाँदी व्यवसायी महासंघ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ