२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनेपाल इको प्यानलको कर्पाेरेट कार्यालय भक्तपुरको सल्लाघारीमा

नेपाल इको प्यानलको कर्पाेरेट कार्यालय भक्तपुरको सल्लाघारीमा


 

भक्तपुर – भक्तपुरको झौखेलमा कारखाना रहेको नेपाल इको प्यानलले भक्तपुरकै सल्लाघारीमा कर्पाेरेट कार्यालय स्थापना गरेको छ ।

जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेल पिपलबोट नजिकै कारखाना रहेको नेपाल इको प्यानलले भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा कार्यालय सञ्चालनमा ल्याएको हो । कार्यालय सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालको उल्टो दिशामा च्वंगा गणेश मन्दिर जाने पूर्वतिरको बाटोमा रहेको छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले ग्राहकको सहजताका लागि कर्पाेरेट कार्यालय सल्लाघारीमा स्थापना गरी सेवा सुरु गरेको जनाए ।

सल्लाघारीमा कर्पाेरेट कार्यालय स्थापनापछि काठमाडौं उपत्यकाका साथै बनेपा, धुलिखेल, पनौतीलगायतका ठाउँंहरुबाट आउने ग्राहकलाई सहज हुने विश्वास इन्जिनियर दुवालले लिए । अरनिको राजमार्गबाट कर्पाेरेट कार्यालय नजिकै रहेको कारण ग्राहकलाई सुविधा मिल्ने उनको विश्वास हो । कारखाना भने त्यहाँंबाट झण्डै पाँंच किलोमिट टाढा पर्छ ।

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुन्छ । कारखानामा पहिला नै बनेर निर्माणस्थलमा जोडे मात्रै पुग्ने भएकोले यसको प्रयोगबाट तीव्र निर्माण सम्भब भएको हो ।


क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ