बोर्डले बरुणलाई १ः१ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । अब कम्पनीले छिट्टै हकप्रद निष्कासन प्रकृया अघि बढाउनेछ । कम्पनीले हाल कायम २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पूँजीमा शतप्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । यसमा एनआईबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।