२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनेपाल राष्ट्र बैंककृषि विकास बैंकले बढायो नाफा

कृषि विकास बैंकले बढायो नाफा


काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक बर्ष २०७९/०८०को वित्तीय विवरण सार्वजनिक गरेको छ ।

आर्थिक बर्ष २०७८/०७९ मा २ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नफा रहेको बैंकले आव २०७९/०८० मा ३  अर्ब  ९ कराेड  ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्ने सफल भएको छ । यस्तो नाफा आर्थिक बर्ष २०७८/०७९ को तुलनामा ३९.२४ प्रतिशतले बढेको हो ।  यस समिक्षा अवधिमा बैंकको वितरण योग्य नाफा २ अर्ब ७१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशतले घटेर ८ अर्ब ८ करोड रुपैयाँमा सिमित हुन पुगेको छ । आव २०७८/०७९ मा यस्तो आम्दानी ८ अर्ब ३५ करोड रहेको थियो ।

आर्थिक बर्षमा २०७८/०७९ ३ अर्ब ६० करोड रुपैयाँ संचालन मुनाफा रहेको बैंकको यस अवधिमा ४ अर्ब ५४ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गर्ने सफल भएको छ ।

त्यस्तै, समिक्षा अवधिमा बैंकले १ अर्ब ९९ करोड निक्षेप संकलन गरि १ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

१३ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा २.०९ प्रतिशत खराब कर्जा रहेकोमा यस अवधिमा खराब कर्जा बढेर २.४८ प्रतिशत पुगको छ ।

बैंकको प्रतिसेयर आम्दानी २०.६२ रुपैयाँ , प्रतिसेयर नेटवर्थ २१.६० रुपैयाँ रहेको छ। त्यस्तै सिडी रेसियो ८१.७३ प्रतिशत र आधार दर १०.०६ प्रतिशत रहेको छ ।


क्याटेगोरी : नेपाल राष्ट्र बैंक, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ