२०८१ माघ १७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङ४६.२६ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा

४६.२६ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा


काठमाण्डौ । आर्थिक वर्ष २०७९/८० मा ग्लोबल आइएमई बैंकको खुद नाफा ४६.२६ प्रतिशतले बढेको छ ।

यस समिक्षा अवधिमा बैंकले ७ अर्ब २५ करोड ३ लाख रुपैयाँ आर्जन गर्ने सफल भएको छ । आव २०७८/०७९ को तुलना यस्तो नाफा ४६.२६ प्रतिशतलले बढेको हो । २०७८/०७९ मा बैंकले ४ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड रुपैयाँ र सञ्चालन मुनाफा १० अर्ब ३६ करोड रुपैयाँ रहेकोे छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६६.३६ प्रतिशतले बढेर १७ अर्ब ११ करोड रुपैयाँ भएको छ।

चुक्तापुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको  बैंकको रिजर्भको आकार ८६.४१ प्रतिशतले बढेर १९ अर्ब ९५ करोड रुपैयाँको भएको छ।

अघिल्लो बर्ष बैंकको खराब कर्जा अनुपात १.२८ प्रतिशत रहेकामा यो बढेर ३.०८ प्रतिशत पुगेको छ। खराब कर्जा ब बढेसँगै इम्पेयरमेन्ट चार्ज पनि बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।

बैंकले यस अवधिमा ४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २०.७७ रुपैयाँ, पीई रेसियो ८.९६ गुणा र प्रतिसेयर नेटवर्थ १६४.०५ रुपैयाँ रहेको छ।

 

 


क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ