काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ ।
आर्थिक बर्ष २०७९/०८० को चौथो त्रैमासिक अवधिमा राष्ट्र बैंकको सुपरिवेक्षण विभागले ‘क’ वर्गका प्राइम कमर्सियल,कुमारी र हिमालयन बैंकलाई कारबाही गरेको छ ।
तोकिएको कर्जा/निक्षेप अनुपात कायम गर्ने नसकेका कुमारी बैक तथा हिमालयन बैंकले हर्जाना तिरेका छन ।
त्यस्तै प्राइम कमर्सियल बैंकले राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं. २ कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र इ.प्रा.नं.१५/०७९को व्यवस्थाविपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २९ बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।
कुमारी बैंकले २०७९ सालको माघ महिनामा तोकिएको कर्जा/निक्षेप अनुपात कायम गर्ने नसकेकाले ५९ लाख ६३ हजार ६९४.२२ रुपैयाँ र हिमालयल बैंकले कात्तिक महिनामा तोकिएको कर्जा/निक्षेप अनुपात कायम गर्ने नसकेकाले १ करोड ३९ लाख ४७ हनार २८.२४ रुपैयाँ जरीवाना तिरेका छन्र ।
आर्थिक बर्ष २०७८९/०८० को चौथो त्रैमासमा इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक तथा अध्यक्ष,संचालक, प्रमुख कार्याकारी अधिकृतलाई राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कारबाही गरेको हो ।
