काठमाडौं । वाणिज्य बैंकहरुले भदौका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् ।
संचालनमा आएका २० वटा वाणिज्य बैंकहरुले मध्ये १२ वटाले बढाएका छन् । त्यस्तै ४ वटा बैंकले भने घटाएका छन् भने ४ वटाको ब्याजदर स्थिर रहेको छ ।
भदौ महिनाको लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार नेपाल बैंक,राष्ट्रिय वाणिज्य,सिटिजन्स,ग्लोबल आईएमई कृषि विकास,कुमारी,प्रभु, सानिमा,एभरेष्ट, लक्ष्मी सनराइज,माछापुच्छ्रे र सिद्धार्थ बैंकले मुद्दति निक्षेपको ब्याजदर बढाएका छन् ।
एनएमबी,प्राइम कर्मेसियल, स्ट्याण्डर्ड चार्टर्ड एनआइसी एशिया बैंकले भदौ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा,हिमालयन, नबिल र नेपाल एसबीआई बैंकले भदौ महिनाको लागि ब्याजदर स्थिर राखेका छन् ।
