२०८१ माघ १६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनेपाल राष्ट्र बैंकगत बर्ष १२ वटा वाणिज्य बैंक र १६ वटा लघुवित्त संस्था मर्जरमा सामेल

गत बर्ष १२ वटा वाणिज्य बैंक र १६ वटा लघुवित्त संस्था मर्जरमा सामेल


काठमाडौं । आर्थिक बर्ष २०७९/०८० को असार मसान्त सम्ममा १२ वटा वाणिज्य बैंकहरु मर्जर/प्राप्ति  प्रक्रियामा सामेल भई ६ वाणिज्य बैंक बनेका छन ।

त्यस्तै, यस अवधिमा १६ वटा लघुवित्त वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएर ८ संस्था कायम भएका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या ११२ रहेको छ । यस मध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक,१७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन्।

आर्थिक बर्ष २०७८/०७९ को असार मसान्तसम्ममा २६ वाणिज्य बैंक, १७ विकास बैंक,१७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका थिए ।

आर्थिक बर्ष २०७८/०८९ को असार मसान्तसम्मा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या १० हजार ५२८ रहेकोमा यस समिक्षा अवधि सम्ममा ११ हजार ५८९ पुगेको छ ।

२०७९ असार मसान्तमा प्रतिशाखा जनसंख्या २ हजार ५३२ रहेकोमा २०८० असार मसान्तमा २ हजार ५१७ कायम भएको छ ।


क्याटेगोरी : नेपाल राष्ट्र बैंक, फाइनान्स, बैंकिङ, लघुवित्त, वाणिज्य बैेंक, विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ