२०८२ वैशाख १४, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङप्रभु बैंकको संस्थापक सेयर बिक्रिमा

प्रभु बैंकको संस्थापक सेयर बिक्रिमा


काठमाडौं- प्रभु बैंक संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ६ लाख ११ हजार ४४३ कित्ता सेयर बिक्रि गर्ने निवेदन दिएकाले बैकले आज असोज १५ गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकले सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित केन्द्रिय कार्यालयमा आफूले खरिद गर्ने चाहेको सेयर कित्ता संख्या तथा प्रतिकित्ता सेयरको मूल्य खुलाई शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ