काठमाडौं । नेपालका लागि टिभिएस मोटर्सको आधिकारीक बिक्रेता जगदम्बा मोटर्स र ईसेवा वालेटबीच सम्झौता भएको छ ।
बडादसैंको अवसरमा कुनै पनि भुक्तानी ईसेवाबाट गर्दा ध उपहार जित्न सकिने योजनाअन्तर्गत टिभिएस अपाचे टु भी जित्न सकिने योजना संचालनमा आएको छ ।
टिभिएसले धेरै क्षेत्रमा आफ्नो सहकार्य बढाउँदै ग्राहक लक्षित अभियान सञ्चालन गरिरहेकोमा इसेवासँगको साझेदारी गरेर ग्राहकलाई दशैंमा केहि नयाँपन दिन कोशिष टिभिएसले बताएको छ ।
नेपालमा विस्तार हुँदै आएको ब्राण्ड र सबैभन्दा धेरै रेञ्जमा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको टिभिएसले ग्राहकलाई १ लाख ४० हजारदेखि ७ लाख माथि मूल्यको मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ ।
हाल टिभिएसको अपाचे सिरिजमा १६० टु भी, १६० फोर भीमा ५ भेरियन्ट, २०० फोर भीमादुई भेरियन्ट, स्टाइकर, रेडन, ज्यूपिटर क्लासिक, वीगो, एनटर्कको विभिन्न ३ भेरियन्ट, आरआर ३१० लगायतका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।