इटहरी । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम-आइओन सञ्चालित इलेक्ट्रिक थ्री-ह्विलर चितवन, हेटाैडा, धनगढी, जनकपुरधाम आदिमा ग्राहक एवं सर्वसाधरणको मन जित्न सफल ट्रियो इलेक्ट्रिक अटो श्रावन २५ बुधबारका दिन पिपलबोट बिराटनगरमा र २६ गते बिहिबारका दिन इटहरीमा पनि भव्य समारोहका साथसार्वजनिक गरेको छ ।
समारोहमा बिराटनगर महानगरपालिका उप-प्रमुख शिल्पा निराला कार्की , बिराटनगर महा-नगरपालिका वडा नं ४ का अधक्ष्य जितेन थापा , मोरङ्ग अटोमोवाइल डिलर एसोसेसन का प्रतिनिधि, उध्योग संगठन मोरङ्गका प्रतिनिधी, ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधिहरु, मोरंग ब्यापार संघका प्रतिनिधि, बिराट ब्यापार संघका प्रतिनिधि, नाडाका केन्द्रिय उपाध्यक्ष्य, महिन्द्रा इलेक्ट्रिका सेल्स म्यानेजर अमित शाह, अग्नी एनेर्जीका तर्फबाट एजिएम प्रमोद भण्डारी, लगायत अग्नि इनर्जीको पिपलचोक बिराटनगरका लागि बिक्रेता रोयल अटो ईन्टरप्राइजेसका प्रबन्ध निर्देशक किरण भट्टराई र इटहरी उद्घाटनमा भने नेपाल उद्योग वाणिज्य महासंघ (इटहरी)का अध्यक्ष भीम पौड्याल प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
महिन्द्रा ट्रियो पूणर् निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक रू २,००,००० (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन् ।
महिन्द्रा ट्रियो १०,०००+ सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेकोे छ ।
अग्नि इनर्जीको पिपलबोट बिराटनगर र इटहरीका लागि बिक्रेता रोयल अटो ईन्टरप्राइजेसका प्रबन्ध निर्देशक किरण भट्टराईका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ ।
कम्पनिका अनुसार – “नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ । नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री व्हीलर सवारी साधनको शुभारम्भ गर्ने सही समय भएको छ । महिन्द्रा एन्ड महिन्द्राका लागि ‘लास्ट माइल मोबिलिटी’का उत्पादनहरू केन्द्रीत क्षेत्र हो र ट्रियो अटो स्थायित्वसँग संयुक्त प्रविधिको एक प्रतिरूप हो, जसले परम्परागत पेट्रोल अटोको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ ।”
ट्रियो ठूलोमात्र नभइ, विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २,०७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । यस सवारी साधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ । पूण
रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज-एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदर्शन गर्दछ ।