काठमाडौं । नेपालमा बीएमडब्ल्यू गाडीको आधिकारिक रुपमा बिक्रीवितरण सुरु भएको छ । नेपालका लागि बिएमडब्ल्यू मोटर्सको आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले शोरुम सञ्चालनमा ल्याएर गाडी बिक्री सुरु गरेको छ । काठमाडौंको तीनकुनेमा कम्पनीले १० हजार १६५ स्क्वायर फिट क्षेत्रफलमा शोरुम संचालनमा ल्याएको छ ।
जर्मन ब्राण्ड बीएमडब्लुलाई नेपाली बजारमा स्थापित र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेकोे छ ।
बिएमडब्ल्यू ब्राण्डले अन्तर्राष्ट्रिय स्तरको शोरुमले नेपाली प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकलाई उत्कृष्ट ब्राण्डको अनुभूति प्रदान गर्ने र प्रिमियम वनरसिप जर्नी प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले बताएको छ ।
नेपालमा बिएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बिएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बिएमडब्ल्यू उत्साहित भएको बताएका छन् ।
उनले भने नेपाली बजार बिएमडब्ल्यूका लागि उदाउदो बजार रहेको उनले बताए । “हामी नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहन्छौं । हामी हाम्रा ग्राहकलाई गाडी किन्ने नयाँ अनुभव प्रदान गर्न चाहन्छौँ,”
लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले विश्वस्तरिय स्टेट अफ आर्ट फिचरले भरिपूणर् शोरुम निर्माण गरेको बताए । “हाम्रो टिम तपाईहरुलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिवद्ध छ,” उनले भने ।
ब्राण्ड न्यू शोरुममा प्रवेश गर्दा उत्कृष्ट लाउन्ज र आकर्षक ईसेटा बारको अनुभव गर्न पाउने छन् । जहाँ विभिन्न ४ मोडलको प्रदर्शनी देख्न सकिने छ । ग्राहकलाई अहिलेको विषम परिस्थितिमा कनट्याक्ट लेस टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने पनि कम्पनीले जनाएको छ ।