२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रअटोटाटाको मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

टाटाको मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न


काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा आयोजित मेगा सर्भिस क्याम्पको आज सफलतापूर्वक सम्पन्न भएको छ ।

यी केन्द्रहरुमध्ये ३ वटा काठमाण्डौ उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्। त्यसैगरी , बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी , मेची, बिरगंज , ढल्केबार , हेटौडा , सर्रा, धनगढी , नेपालगंजमा रहेका छन्।

यस तीन दिने क्याम्पमा टाटाका ९५५ वटा “पेसेन्जर“ श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले जाँच एवं मर्मत सम्भार गरिएको थियो भने १,५३३ व्यक्तिहरुको सहभागिता थियो । यस्तो जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गरेका थिए ।

 

म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश ः १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिंग , कम्प्युटर डायग्नोसिस , सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि निः शुल्क प्रदान गरिएको थियो । यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको रु .४ हजार नगद फिर्ताको पनि व्यवस्था थियो ।

“हाल नेपालमा टाटाका पेसेन्जर“ श्रेणीका गाडीहरु बजार द्रुत गतिमा भइरहेको छ । यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरिएको थियौ ,“ सिप्रदी ट्रेडिंगका कस्टोमर केयर प्रमुख कुमारी भण्डारी बताए । “यो क्याम्पमा हामीले साँच्चैनौ अपेक्षाभन्दा पनि बढी ग्राहकहरुको सहभागिता भयो । यसले कम्पनीलाई भविष्यमा अझ उत्कृष्ट भन्दा उत्कृष्ट सेवा /सुविधा उनीहरुलाई प्रदान गर्ने प्रेरणा मिलेको छ।“


क्याटेगोरी : अटो



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ