२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रअटोटाटाका नक्कली पार्ट पुर्जा बेच्ने न्यू प्रकाश अटो टेट्रर्सका संचालक ढुङ्गेअड्डाबाट पक्राउ

टाटाका नक्कली पार्ट पुर्जा बेच्ने न्यू प्रकाश अटो टेट्रर्सका संचालक ढुङ्गेअड्डाबाट पक्राउ


काठडाैं । नेपाल प्रहरीले आज काठमाण्डौको ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी सो पसलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ ।

निज व्यक्तीले लामो समय देखि भारतबाट अबैध रुपमा नक्कली पार्टस्हरु झिकाई बिक्री वितरण गर्दै आईरहेको जनगुनासो ब्यापक रुपमा पाईएको हुँदा सो न्यू प्रकाश अटो टे्रडर्स्मा प्रहरीले छापा मारी पसलका सञ्चालकलाई अनुसन्धानका निमित्त नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा निज ब्यक्तीले टाटाका नक्कली पार्टस् बिक्री वितरण गरेको पाईएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमती पत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ ।

रौनियार मात्र नभएर देशै भरी अन्य व्यक्तीहरु पनि यस्ता खालका कारोबारमा संलग्न भएको कुरा निजले बताएका छन् । प्रहरीले अन्य संकास्पद स्थानहरुमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनहरुमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ ।


क्याटेगोरी : समाज, अटो



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ