काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले काठमाडौँको टेकुमा अत्याधुनिक शोरुमको भदौ २६ गते विशेष कार्यक्रमका बिच समुद्घघाटन गरि संचालनमा ल्याएको छ।
अल्फाले रोयल इनफिल्डको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै अत्याधुनिक दुई वटा शोरुम संचालन गरिरहेको छ ।
रोयल इनफिल्ड मोटरसाइकल शोरुम “वाइकर्स होमको“ अवधारणामा निर्माण गरिएको छ ।शोरुमबाट बाइक,राइडिंग गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्रि तथा बिक्रि पछाडिका सेवाको ब्यवस्था गरिएको छ। कम्पनीको मुख्य उदेश्य “ग्राहक सन्तुष्टि नै हाम्रो सन्तुष्टि रहेको छ।“
रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ।
अल्फा अटोमोटिभ प्रालिले आफ्नो एवं डिलर समेत गरि कम्पनी मापदण्डका हाल १८ वटा (टेकु, नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान , इटहरी, बिर्तामोड, दमक, टाडी, सुर्खेत, भक्तपुर, राजविराज, जनकपुर, हेटौडा, नारायणगढ, दाङ र नेपालगंज ) शोरुम संचालन गरिरहेको छ भने थप ३ वटा (बीरगंज, बिराटनगर र धनगडी ) संचालनमा आउनेछन् संचालनमा ल्याएर कुल २१ वटा शोरुमबाट बाइक बिक्रि, गियर एवं जेनविन एसेसरिज, स्पेयर पार्ट्स र सर्भिसिङ्ग लगाएतका सेवा प्रदान गर्नेछ।
अल्फा अटोमोटिभ प्रालि त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी हो।त्रिवेणी ग्रुपले उत्पादनमुलक उधोग ब्यवसाय, बैंकिंङ, बिमा, एवं सर्भिस सेक्टरमा कार्य गरिरहेको छ।