२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङकामना सेवाको नाफा २६.९२ प्रतिशतले घट्यो

कामना सेवाको नाफा २६.९२ प्रतिशतले घट्यो


काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफा २६.९२ प्रतिशतले घटेको छ ।

बैकको आर्थिक बर्ष २०७९/०८० को वित्तीय विवरण अनुसार बैंकले ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो आर्थिक वर्ष २०७८/०७९को तुलनामा २६.९२ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यही अवधिसम्ममा बैंकले ५९ करोड ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

आव २०७८/०७९असारमसान्त सम्ममा १ अर्ब ९९ करोड २७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले आव २०७९/०८० असारमसान्त सम्ममा २ अर्ब १६ करोड ५० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

त्यस्तै समिक्षा अवधिमा बैंकको संचालन नाफा २०.०४ घटेर ६९ करोड १५ लाख १२ रुपैयाँ पुगेको छ भने बैंकको वितरण योग्य नाफा ५ करोड ८० लाख रुपैयाँ रहेको छ ।

त्यस्तै ५३ अर्ब ४७ करोड २४ लाख निक्षेप संकलन गरि ४३ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । ३ अर्ब २ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष बढेर १ अर्ब ४६ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १३.१४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.८८ र प्रतिसेयर नेटवर्थ १४६.४६ रुपैयाँ रहेको छ ।

गत वर्ष बैंकको खराब कर्जा २.३१ प्रतिशत रहेकोमा यस आवमा यो बढेर २.९८ प्रतिशत पुगेको छ । यस्तै, बैंकको सीडी रेसियो ८२.४५ प्रतिशत रहेको छ भने लागत ९.३७ प्रतिशत र आधार दर ११.९३ प्रतिशत छ ।


क्याटेगोरी : बैंकिङ, विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ